दफा २८क
अशक्त वृत्ति
सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा कुनै श्रमजीवी पत्रकारको दुर्घटनामा
परी अङ्गभङ्ग भएको वा चोटपटक लागेको कारण निज शारीरिक वा मानसिक रूपमा सेवाको
लागि अशक्त भएको भनी नेपाल सरकारले तोकेको मेडिकल बोर्डले सिफारिश गरेमा
सम्बन्धित सञ्चार प्रतिष्ठानले त्यस्तो श्रमजीवी पत्रकारलाई निजको जीविकाको निमित्त
बाँचुन्जेलसम्मका लागि अशक्त वृत्ति बापत निजले खाईपाई आएको मासिक तलबको आधा
रकम नियम २७ बमोजिमको कोषबाट प्रत्येक महिना उपलव्ध गराउनु पर्नेछ ।